नक्कली नोटसहित एक जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । नक्कली नोट कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका–१५ स्थायी घर भई काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने १९ वर्षीय सुरज राई रहेका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर १२ स्थित लगनखेल बसपार्क नजिकै नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नक्कली नोट कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले राईको साथबाट ५०० रुपैयाँको १६ थान नक्कली नेपाली नोट बरामद गरेको छ । बरामद गरिएका ती सम्पूर्ण नोटहरूमा ‘जर१३ ६८६४२७’ एउटै नम्बर उल्लेख भएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?