एसियन गेम क्वालिफायरका लागि ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा

लोकपथ
0
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई कप्तानबाट हटाएर दीपेन्द्रसिंह ऐरीलाई नयाँ कप्तान तोकेको छ ।

एसियन गेम क्वालिफायरका लागि क्यानले ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा पूर्वकप्तान रोहितसहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम रहेका छन् ।

एसियन गेम्स क्वालिफायर मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुँदै छ । नेपालले मे ३१ बिहान ७ : १५ बजे चीनसँग, जुन २ मा कतारसँग, जुन ४ मा मलेसियासँग खल्ने तय भएको छ ।

यस्तै क्वालिफायरमा नेपालसँगै चीन, मलेसिया र कतार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?