काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक सुरू भएको छ ।
धनगढीको एक होटलमा सुरु भएको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र भीम रावल लगायत नेताहरू सहभागी रहेका छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच एकता भएपछि शीर्ष नेताहरूको उपस्थितिमा प्रदेशस्तरमा पहिलो पटक यस्तो बैठक बसेको हो ।
बैठकमा प्रदेशसभामा नेकपाको भूमिका कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया