सर्वोच्च अदालतमा आज इजलास नबस्ने

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतमा आज (बिहीबार) इजलास नबस्ने भएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीशको निधन भएपछि शोक प्रकट गर्न इजलास नबस्ने भएको हो ।

सर्वोच्च अदालतले बिहीबार एक सूचना जारी गर्दै पूर्व न्यायाधीश हरगोविन्द सिंह प्रधानको जेठ ६ गते बुधबार निधान भएकाले शोक प्रकट गर्न बिहीबार इजलास नबस्ने जनाएको हो ।

नियमित सुनुवाइका लागि इजलास नबस्ने भएपनि कार्यालय भने खुला रहने छ । सर्वोच्च अदालत प्रशासनका अनुसार रिट वा निवेदन दर्ता तथा अन्य प्रशासनिक काम कारबाही भने सुचारु नै रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?