काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि संसदीय सुनुवाई भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको समिति बैठकमा उनीविरुद्ध परेका उजुरीहरू अध्ययनपश्चात शर्मा संसदीय समितिमा उपस्थित भएका हुन् ।
सुनुवाईमा भाग लिँदै नेपाली कांग्रेसका सांसद आनन्द ढुंगानाले न्यायालय र बारबिचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ भन्दै प्रश्न गरे ।
उनले लामो समयदेखि बेन्च (न्यायालय) र बारबिच द्वन्द्व भइरहँदा न्याय सम्पादन प्रभावित हुँदै आएको बताए ।
उनले भने, ‘न्यायालय र बारबिच लामो द्वन्द्व भइरहन्छ । बार र न्यायालयको बेन्चबिच जुन द्वन्द्व छ त्यसलाई कसरी निरुपण गर्नुहुन्छ ? विगतमा केही प्रधानन्यायाधीशले यो द्वन्द्व कम गर्ने प्रयास गरेपनि अहिले फेरि यो द्वन्द्व बढेको जस्तो देखिन्छ । द्वन्द्व बढ्यो भने फेरी न्याय पाउन गाह्रो हुँदो रहेछ ।’
उनले न्यायालयलाई विकासमैत्री कसरी बनाउन सकिन्छ भन्ने चासो समेत प्रश्ताविक प्रधानन्यायाधीश शर्मासमक्ष राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया