बैंकिङ कसुर मुद्दामा फरार रहेका कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शाही मंगलबार बिहान त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेका हुन् । उनी लामो समयदेखि फरार थिए ।

उच्च अदालत पाटनले २०७९ साल कात्तिक ६ गते गरेको अन्तिम फैसलामा शाहीलाई १ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । फैसलापछि उनी फरार रहेका थिए ।

पक्राउ परेपछि उनलाई कैद र जरिवाना असुलउपरका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

साथै उनीविरुद्ध थप बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दा पनि जिल्ला अदालतमा विचाराधीन रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?