प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माविरुद्ध उजुरी दिने म्याद सकियो

लोकपथ
0
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकद्वारा वैशाख २४ गते प्रस्तावित ३३ औँ प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरीको म्याद आज (सोमबार) सकिएको छ ।

प्रस्ताव अनुमोदनपूर्व संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्थाअनुसार उनीविरुद्धका उजुरी सार्वजनिक रूपमा आह्वान गरिएको थियो । उनीविरुद्ध ७ वटा उजुरी परेको छ ।

संसद् सचिवालयका सचिव डा.रोजनाथ पाण्डेका अनुसार प्राप्त उजुरीहरू संसदीय सुनुवाइ समितिका सदस्यहरूलाई भोलि मंगलबार वितरण गरिने छ ।

उजुरीका आधारमा डा. शर्मासँग प्रश्न राख्दै बुधबार जवाफको मौका दिइने भएको छ ।

बुधबार बिहान ९ बजेदेखि ३ बजेभित्र उजुरी उपर डा. शर्माको जवाफ र सिफारिसलाई निर्णयार्थ पेश गर्ने तयारी छ ।

उनी बुधबार अनुमोदित भएमा बिहीवार राष्ट्रपतिसमक्ष शपथ लिएर पदमा बहाली हुन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?