सरकारको नीति तथा कार्यक्रममा ठोस मार्गचित्रको अभाव : वर्षमान पुन

लोकपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम स्पष्ट दिशा र मार्गचित्रविहीन रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले उक्त कार्यक्रम यथास्थितिवादी भएको र जनअपेक्षा सम्बोधन गर्न नसक्ने आशङ्का व्यक्त गरे ।

सांसद पुनले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय नदिइएको भन्दै असन्तुष्टि जनाए । विगतमा कम्तीमा पाँच दिनसम्म विस्तृत छलफल हुने र त्यसपछि प्रि–बजेट छलफलका आधारमा बजेट निर्माण गर्ने अभ्यास रहेकामा यसपटक समय अत्यन्त न्यून पारिएको उनको भनाइ थियो ।

उनले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर प्रतिपक्षी दलका नेताहरूले उठाएका प्रश्नको सामना गर्दै आफ्ना कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्ने बताए । दुई तिहाइ नजिकको समर्थन प्राप्त सरकारसँग जनताको उच्च अपेक्षा रहे पनि नीति तथा कार्यक्रम र सत्तारुढ दलको चुनावी प्रतिबद्धताबीच तादात्म्यता नदेखिएको उनले उल्लेख गरे ।

पुनले भने, ‘प्रधानमन्त्रीकै नीति तथा कार्यक्रम भए पनि उहाँको उपस्थिति र स्वामित्वमा कमी देखियो । राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव आफैँले प्रस्तुत गरेर पुनः आफैँले समर्थन नगर्ने जस्तो नयाँ र अनौठो अभ्यास संसद्मा देखिएको छ । सत्तारुढ दलको सय बुँदे कार्य योजना र नीति तथा कार्यक्रममा मेल देखिँदैन । सरकारको प्राथमिकता के हो भन्ने कुरा यसमा स्पष्ट छैन ।

नेपालको राजनीतिक उपलब्धिबारे चर्चा गर्दै उनले ६ दशक लामो सङ्घर्षपछि सामन्तवादको अन्त्य भई सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?