काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री नआएकोप्रति आज पनि आपत्ति जनाएका छन् ।
उनले कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बाहेक अरूबाट नसुन्ने अडान समेत राखेका हुन् । बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले प्रधानमन्त्री आफैं जवाफ दिनका लागि उपस्थित हुनुपर्ने बताए ।
‘उनले भने, उहाँ (प्रधानमन्त्री) यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नुभएन,’ उनले भने, ‘तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले चाहीँ विश्वास लिएको छ ।’ यदी प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी बैठकबाट बाहिरिने उनले बताए ।
‘यदी उहाँ आउनुहुन्न भने श्रम संस्कृति बाहिरिनेछौं । हामीले अरुबाट सुन्नुपर्ने स्थिति होइन,’ उनले भने, ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन । त्यसकारण उहाँले नै उत्तर दिनुपर्ने हुन्छ । काग कराइरहन्छ, पिना सुक्दै गर्छ भनेर हुँदैन ।’
उनले प्रधानमन्त्री सदनमा नआउनु संसद्को मर्यादा र परम्परा विपरीत भएको बताए । उनले थप भने, ‘उहाँले छलफलमा सुन्नुभएन, तर उत्तर दिने बेलामा उहाँ आउनुहुनेछ भन्ने विश्वास लिएको छ । यदि उहाँ आउनुभएन भने हाम्रो पार्टी बाहिरिनेछ । हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन ।’
उनले सामाजिक परम्पराको प्रसङ्ग उठाउँदै आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाउन नमिल्ने तर्क गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया