प्रधानमन्त्री उपस्थित नभए संसद बहिष्कार गर्ने कांग्रेसको चेतावनी

लोकपथ
56
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभए संसद बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थिति स्वीकार्य नहुने स्पष्ट पारेका छन् । उनका अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले छलफलका लागि प्रस्ताव पेश गर्न सक्ने भए पनि अन्तिम जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने संसदीय परम्परा रहेको हो ।

केसीले प्रधानमन्त्रीले संसदको उपेक्षा गरेको भन्दै आपत्ति जनाए । उनले भने, प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यक्रम टेबुल गर्ने कार्य संसदीय अभ्यासअनुसार भए पनि जवाफ दिने चरणमा पनि प्रधानमन्त्री नआए कांग्रेस संसद बहिष्कार गर्न बाध्य हुने चेतावनी दिए ।

उनका अनुसार प्रधानमन्त्रीले संसदप्रति देखाएको व्यवहारले संसदीय मर्यादामा प्रश्न उठाएको छ । कांग्रेसले यसलाई गम्भीर रूपमा लिएको पनि उनले बताए ।

यसैबीच, कांग्रेसले प्रधानमन्त्रीको अनुपस्थितिमा मन्त्रीहरूले कार्यसूची प्रस्तुत गर्न सक्ने अभ्यासलाई अवरोध गर्न नहुने स्पष्ट गर्दै संसदीय प्रक्रिया अवरुद्ध नगर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?