विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा

लोकपथ
35
Shares

काठमाडौं । विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरेका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाउँदै राजीनामा माग गरेका हुन् ।

आजदेखि नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने कार्यसूची भए पनि प्रधानमन्त्रीले उठेका प्रश्नहरूको जवाफ नदिने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरिएको छ । प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले संसद्मा अवरोधसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?