काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गरी कार्यक्रमलाई व्यवस्थित र जनमैत्री बनाउने तयारी सरकारले गरिरहेको बताएकी छन् ।
आज वीर अस्पतालमा आयोजित ‘राष्ट्रिय सरसफाई सप्ताह’ शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य बीमामा केही पेचिला समस्या रहेको स्वीकार गर्दै त्यसलाई सरल र प्रभावकारी बनाउने विषयमा मन्त्रालयले गहन गृहकार्य गरिरहेको जानकारी दिइन् ।
उनका अनुसार स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको छ । सरकारले चाँडै नै नागरिकलाई सहज हुने गरी नयाँ व्यवस्था सार्वजनिक गर्ने तयारी गरेको उनले बताइन् ।
मन्त्री मेहताले भनिन्, ‘स्वास्थ्य बीमामा अलिकति पेचिलो छ । यसलाई कसरी सहजीकरण गर्न सकिन्छ र जनमैत्री कसरी बनाउन सकिन्छ भनेर हामी गहन छलफल गरिरहेका छौँ । वर्कआउट भइरहेको छ, चाँडै नै थाहा पाउनुहुन्छ, हामी यसलाई कसरी सहज बनाउन सक्छौँ भनेर ।’
हाल स्वास्थ्य बीमा कार्यक्रममा सेवा प्रवाह, दाबी भुक्तानीमा ढिलाइ तथा नागरिक पहुँच कमजोर रहेको भन्दै विभिन्न गुनासा उठ्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया