सरकारको ‘कुकृत्य’ भण्डाफोर गर्दा जति गाली गरे पनि फरक पर्दैन : हर्क साम्पाङ

लोकपथ
0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सरकारका गतिविधिहरूको आलोचना गर्दा आफूलाई जति गाली गरे पनि त्यसले कुनै फरक नपर्ने बताएका छन् ।

आज बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले सरकारका कुकृत्य को भण्डाफोर गर्दा हजारौं वा लाखौं गाली आए पनि आफू प्रभावित नहुने स्पष्ट पारेका हुन् ।

उनका अनुसार गलत कामलाई गलत नै भन्नुपर्ने भएकाले त्यसलाई सही ठहर्याउन नसकिने र आलोचना वा विरोधबाट आफू विचलित नहुने उनको भनाइ छ ।

साम्पाङले लेखेका छन्, ‘यो सरकारको कुकृत्यको भण्डाफोर गर्दा मलाई १ हजार होइन २ हजार होइन पूरै १ करोडवटा गाली गर्नु केही फरक पर्दैन, किनकि गलतलाई सही भन्ने छैन कहिल्यै !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?