काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हालै संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिसबारे प्रतिक्रिया जनाएका छन् ।
आइतबार पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका लामिछानेले प्रधानन्यायाधीश नियुक्तिमा कुनै विधि नमिचिएको समेत दाबी गरे ।
उनले आफूमाथि रहेको मुद्दाको विषयमा यदी प्रधानन्यायाधीश सिफारिसको विषयमा रिस पोख्ने भए आफू तयार रहेको चुनौती दिए ।
शनिबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले त्यसबारे कडा टिप्पणी गरेकी थिइन् ।
त्यसबारे टिप्पणी जनाउँदै रविले भने, ‘मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ । चलाइदिनुस् हतियार । अदालतले पनि यसलाई हाँसोको विषय नबनाओस् । आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भनेर गर्नुपर्छ । कागजमा बन्दी न्याय नहोस् ।’
त्यस्तै उनले संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिमा कुनै असंवैधानिक काम नगरेको समेत जिकिर गरे । उनले न्याय परिषद्ले ६ जनाको नाम सिफारिस गरेको र त्यसैका आधारमा संवैधानकि परिषद्ले प्रधानन्यायाधीश नियुक्त गरेको बताए ।
‘प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो । कसरी ६र६ जना सिफारिस गरियो ? ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुनेथियो नि संवैधानिक परिषद्को पनि आवश्यकता नै पर्थेन,’ उनले भने, ‘त्यसरी आएकाहरू नामबाट हाम्रो पार्टीका वरिष्ठ नेताले प्रस्ताव गर्नु भयो । परम्परा भत्काइयो भनिएको छ । यदि परम्परा त्यही भइदिएको भए आज भागबन्डाको छलफल चलिरहेको हुन्थ्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया