काठमाडौं । ताप्लेजुङमा पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ ।
फुङ्लिङ नगरपालिका–८ स्थित खोक्से खोलानजिक शनिबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार बिहान करिब ५ बजे रातिको वर्षापछि सडकमाथिबाट गेग्रानसहितको पहिरो खसेको हो । पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भएको छ ।
सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया