हर्कको पार्टीमा आएपछि सुदनले भने– ‘रास्वपा अलोकतान्त्रिक र तानाशाही बन्दै गयो’

काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले सत्ताको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अलोकतान्त्रिक र तानाशाह बन्दै गएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बिच हर्कराज राई ‘हर्क साम्पाङ’ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ मा प्रवेश गर्दै किरातीले यस्तो टिप्पणी गरेका हुन् ।

पूर्वमन्त्री समेत रहेका किरातीले सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको आरोप लगाए । उनले पार्टीहरू ‘धार्मिक संस्था’ जस्ता भएको र नेताहरूको ‘देवत्वकरण’ भइरहेकोमा आरोप लगाए ।

मुलुकका पुराना राजनीतिक दलहरूमा तानाशाही प्रवृत्ति हाबी भएको र विचौलियाको घेराबन्दीमा नेतृत्व फसेको आरोप लगाए ।

उनले भने, ‘सरकार नाजीवादको घोडामा चढेर हिँडिरहेको छ। तर सम्झिइराखोस्, नाजीवाद र फासीवाद इतिहासको चिहानमा पुरिइसकेको छ । मैले छोड्ने बेलामा दुई मिनेट बोल्छु भन्दा पनि पाइनँ् । त्यस्तो स्थितिमा हामी थियौँ । पार्टी र सत्ता सञ्चालनमा भइरहेको अप्राकृतिक हस्तक्षेप अब स्वीकार्य छैन ।’

किरातीले अबको राजनीतिक बाटो ‘प्रकृति, संस्कृति र प्रविधि’ को समायोजन हुनुपर्नेमा जोड दिए । पुँजीको विकास नगरी देश समृद्ध नहुने उल्लेख गर्दै उनले श्रम संस्कृति पार्टीले यही दर्शनलाई बोकेर अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?