काठमाडौं । नेपाल विद्यार्थी संघका निःवर्तमान अध्यक्ष दुजाङ शेर्पाले सरकारले राजनीतिक दलहरूले नियुक्त गरेका सबै व्यक्ति तथा पदाधिकारीहरू खराब हुन् भन्ने भाष्य बनाउन खोजेको टिप्पणी गरेका छन् ।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेनले विगतका सरकारले गरेको सबै राजनीतिक नियुक्तिहरूको बदनाम गर्ने गरी भाष्य निर्माण गर्नै खोजेको आरोप लगाएका हुन् ।
विगतका सरकारले नियुक्त गरेका सबै पदाधिकारीहरूलाई ‘ब्रिफकेस बुझाएर आएका’ भन्ने सन्देश फैलाउन खोजिएको उनको जिकिर छ ।
उनले प्रधानमन्त्रीको क्याबिनेटमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई कति रकम बुझाएर योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो ? भन्दै प्रश्न गरे ।
उनले भने , ‘प्रधानमन्त्री बालेन्द्र साहले राजनीतिक दलहरूले नियुक्त गरेका सबै व्यक्तिहरू र पदाधिकारीहरू खराब हुन् भन्ने भाष्य बनाउन खोजिरहनुभएको छ । यिनीहरू सबै ब्रिफ केस बुझाएर नियुक्ति खाएका हुन् भन्ने भाष्य अहिले निर्माण गर्न खोजिएको छ । प्रधानमन्त्रीज्यूको क्याबिनेटको अर्थमन्त्री स्वर्णिम वाग्ले हुनुहुन्छ । अब उहाँले भनिदिनुपर्यो कति करोड बुझाएर तपाईँ हिजो योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो ? हिजो नेपाली काँग्रेसले उहाँलाई विश्वास गरेर विज्ञताको आधारमा नियुक्त गरेको हो नि ।’
उनले विद्यार्थी संगठनहरु खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै प्रतिवादको लागि तयार रहन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया