कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला गर्ने

लोकपथ
0
Shares
कांग्रेस सभापति गगनकुमार थापा

काठमाडौं । नेपाली कांग्रेसले सात वटै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ गर्ने भएको छ ।

आज बसेको नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पहिलो बैठकले सो निर्णय गरेको हो ।

कांग्रेसले सात वटै प्रदेशमा गर्ने कार्यक्रमको मिति समेत तय गरेको छ ।

जसअनुसार आगामी वैशाख २६ र २७ सुदूरपश्चिमको धनगढी र कैलालीबाट भेला सुरु हुनेछ । त्यसपछि निरन्तर जेठ १४ र १५ गतेसम्म भेला हुनेछ ।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठकमा सभापति गगनकुमार थापाले उपसभापति एवं प्रतिष्ठानको प्रमुख विश्वप्रकाश शर्मालाई शपथग्रहण समेत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?