अध्यादेशको तरंग : राजीनामा दिँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार

लोकपथ
0
Shares

काठमाडौं । सरकारले विश्वविद्यालयसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार पदबाट राजीनामा दिने मनस्थितिमा पुगेका छन् । सम्भवतः उनीहरूले आजै राजीनामा दिनेछन् ।

विश्वविद्यालयसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस भइसकेको अवस्थामा सरकारलाई काम गर्न सहज वातावरण होस् भनेर त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजालले राजीनामा दिने भएका हुन् । विश्वविद्यालयका पदाधिकारीको कार्यकाल ४ वर्ष हुने भएपनि त्यसअगावै उनीहरूले राजीनामा दिन लागेका हुन् ।

उनीहरूले कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा दिने भएका छन् । 

उनीहरू तीनै जना फरक फरक मितिमा त्रिवि पदाधिकारीमा नियुक्त भएका थिए । उपकुलपति अर्याल २०८२ असार २५ गते र शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल २०८० चैतमा नियुक्त भएका थिए । त्रिविका अहिलेका पदाधिकारीहरूले त्रिवि सुधारमा काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?