काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले नागरिकमाथि जब्बरजस्ती बल प्रयोग गरेको आरोप लगाएका छन् ।
सोमबार पार्टी मुख्यालय सानेपामा सुकुम्बासी बस्ती हटाउने सरकारको कदमबारे जिज्ञासा राख्दा उनले वास्तविक सुकुमबासीलाई समेत पीडा दिएर सरकारले जब्बरजस्ती गरेको भन्दै आपत्ति जनाएका हुन् ।
महामन्त्री पौडेलले सरकारले वास्तविक सुकुम्बासीको पहिचान समेत नगरी हतारमा सुकुमबासीलाई दुख दिएर जे गरेपनि हुन्छ भन्ने खालको दम्भ देखाएको जिकिर समेत गरे ।
आफूहरुले सो बस्ती हटाउने सरकारको कामको विरोध भन्दा पनि वास्तविक सुकुमबासीलाई दुःख दिएकोमा पीडाबोध भएको महामन्त्री पौडेलको भनाई थियो ।
सरकारले बैकल्पिक व्यवस्था नगरी सो बस्ती हटाउने कुरा उचित नभएको स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया