काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले बालेन्द्र साह ‘बालेन’ नेतृत्वको वर्तमान सरकार साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपबाट बनेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताको जेनजी आन्दोलनलाई विदेशी शक्तिका एजेन्टहरूले अपहरण गरी तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार गठन गरिएको दाबी गरे ।
बास्तोलाले आगामी २१ फागुनमा हुने निर्वाचनबाट आउने जुनसुकै सरकार पनि साम्राज्यवादकै प्रभावमा रहने भएकाले नेकपा (बहुमत) सहित चार दलले निर्वाचन बहिष्कार गरेको बताए । उनले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न चुनाव खारेज गरी पुनः निर्वाचन हुनुपर्ने आफ्नो पार्टीको अडान भए पनि त्यो पूरा हुन नसकेको उल्लेख गरे ।
उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका पुराना संसदीय दलहरूलाई पनि साम्राज्यवादको गोटीको रूपमा चित्रण गरे ।
बास्तोलाले वैकल्पिक राजनीतिक मोर्चा निर्माणमार्फत मात्र राष्ट्रिय स्वाधीनताको रक्षा र जनआन्दोलनको वास्तविक उद्देश्य पूरा गर्न सकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया