बागमती र लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै, विधेयक र प्रतिवेदनमा छलफल हुने

लोकपथ
21
Shares

काठमाडौं । बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छन् । बागमती प्रदेशसभाको बैठक बिहान ११ बजे र लुम्बिनी प्रदेशसभाको बैठक अपराह्न १ बजे बस्ने कार्यसूची रहेको छ ।

बागमती प्रदेशसभामा विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुने र ती विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाइने कार्यक्रम तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

यसअघि चैत २५ र २६ गते बसेको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक, २०८२’ र ‘प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयक, २०८२’ प्रस्तुत भई सामान्य छलफल भइसकेको थियो । आजको बैठकमा सोही विधेयकमाथि थप सैद्धान्तिक छलफल गरी समितिमा पठाइनेछ । समितिबाट प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार पारिने बताइएको छ ।

उता, लुम्बिनी प्रदेशसभाको बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको छ । बैठकको सुरुआतमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राख्नेछन् ।

यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

साथै, प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यक्रम पनि तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?