रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान गरेका छन् ।
उनले रुपन्देहीको बुटवल–८ स्थित सडक विभागको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया