७ वर्षदेखि सिस्टम बनाएर काम गरिरहेका छौँ : गगन थापा

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता र कार्यकर्तालाई आगामी प्रतिनिधि सभा निर्वाचनअघि घरघर पुगेर मतदातासँग सम्पर्क गर्न निर्देशन दिएका छन् ।

बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले सामाजिक सञ्जालमार्फत मात्र प्रचार पर्याप्त नभएको भन्दै प्रत्यक्ष सम्पर्कमा जोड दिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘पार्टीका नेता तथा कार्यकर्ताले घरघर गएर कांग्रेसको एजेन्डा जनता माझ पुर्‍याउनुपर्छ । सामाजिक सञ्जालबाट मात्र पुग्दैन ।’

साथै, उनले निर्वाचनअघि व्यवस्थित प्रणाली बनाएर गतिशील रूपमा काम गर्न आफूले विगत सात वर्षदेखि मेहनत गर्दै आएको बताए  । 

थापाले चुनावी तयारीलाई प्रभावकारी बनाउन पार्टीका कार्यकर्ताले सक्रिय भूमिका खेल्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?