चन्द्र भण्डारीको व्यंग्य : ‘शेरबहादुरजीले घाँस नकाट्ने धेरै हँसिया बनाउनुभएछ’

लोकपथ
707
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाप्रति व्यंग्य गरेका छन् ।

जारी कांग्रेसको केन्द्रीय समितिको आजको बैठकमा सम्बोधन गर्दै भण्डारीले गठनबन्धन गरिएकोप्रति लक्षित गर्दै व्यंग्य गरेका हुन् ।

उनले सभापति देउवाप्रति लक्षित गर्दै ‘धेरै हसियाँ बनाएको तर त्यसले घाँस काट्न नसकेको’ भन्दै व्यंग्य कसे । उनको व्यंग्य हसियाँ हथौडा अंकित चुनाव चिह्न लिएको माओवादीसँग गठबन्धन गरिएकोप्रति कटाक्ष गरेका हुन् ।

‘शेरबहादुर देउवा सभापतिजीले यति धेरै हँसिया बनाउनुभयो । ए बाबु, यो यतिको हँसिया किन बनाउनुभएको भन्दाखेरी हँसियाले घाँस काट्न सकेनन् । त्यसकारण गाई, भैँसीहरू भोका भए यही हो अहिलेको समस्या,’ केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै उनले भने ।

त्यस्तै पार्टीमा जिम्मेवारी लिएर काम नगर्ने प्रवृत्ति बढेकाले समस्या सिर्जना भएको बताए ।

‘काम गर्दिएको भए पो अगाडि बढ्न सक्थ्यो । पद लिने, काम नगर्ने, त्यो सबै जिम्मेवारी सभापतिले लिनुपर्ने हो ख्याल गर्नुपर्दैन,’ केन्द्रीय सदस्य भण्डारीले भने– ‘हामीले सही समयमा सही व्यक्तिलाई सही ठाउँमा जिम्मेवारी दिन सकेनौँ । अहिलेसम्मको निचोड मेरो विचारमा यही हो ।’

त्यस्तै आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा पार्टीले कुनै दलसँग पनि गठबन्धन गर्न नहुने उनको तर्क रहेको छ । साथै भ्रातृ संगठनमा अधिवेशन हुन नसकेर भइरहेको किचलो अन्त्य गर्नुपर्ने समेत उनको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?