पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार, १४ जनाविरुद्ध मुद्दा

लोकपथ
6.5k
Shares

काठमाडौं । पशुपतिनाथस्थित विद्युतीय शव दाहगृहको मेसिन खरिदमा भ्रष्टाचार गरेको अभियोगमा १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापासहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुनेहरुमा सदस्यसचिव थापासहित, कोषका तत्कालीन निमित्त सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा। घनश्याम खतिवडा, उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक इन्जिनियरिङ क्याम्पस इलेक्ट्रिकल विभागका उपप्राध्यापक युवराज अधिकारी, कानूनी सल्लाहकार एवं मूल्यांकन समितिका लैनबहादुर थापा, म्याप अन्टरप्रिनर्स प्रालिका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराई र इन्जिनियरिङ कन्सल्टेन्ट सुरज चापागाईँ रहेको अख्तियारले जनाएको छ ।

थापासमेतको मिलेमतोमा पूर्वअनुभव र कागजातहरुको प्रयोग समेत नगरी सोझै खरिद गर्ने गरी ३ वटा कम्पनीबाट दररेट माग गरी Apple Engineering Professional Consultancy Pvt. Ltd.लाई कार्यादेश दिई परामर्श सेवा खरिद गरी मिलेमतोमा सम्बन्धित कार्यमा अनुभव नै नभएको परामर्शदाताबाट फर्जी कोटेशन तयार गरी गराई सोही फर्जी कागजात प्रयोगरसंलग्न गरी गराई बढी लागत अनुमान र Technical Specification समेत आफू अनुकूलको कम्पनीलाई मात्र मिल्ने गरी तयार गरी गराएको अख्तियारको ठहर रहेको छ ।

त्यस्तै उनीहरुले आवश्यकताभन्दा बढी अनुभवको मापदण्ड राखी राख्न लगाई प्रतिस्पर्धालाई सीमित गर्ने गरी भारु ३२ लाख लाख ५० हजार पर्ने मेसिनलाई १ करोड ५२ लाख पर्ने देखाई छुटसमेत लागत अनुमानमा जोडेर अस्वाभाविक रूपले बढी लागत अनुमान तयार गरे गरेका थिए । ठेक्का प्रक्रियामा समेत मागबमोजिमको अनुभव नभएको ‘म्याप इन्टरप्रेन्योर्स प्रालि’ ले पेस गरेको कागजातलाई सदर गरी ठेक्का दिइएको तथा ठेक्का स्वीकृत भए लगत्तै कानुन विपरीत १ करोड ८२ लाख पेस्की भुक्तानी समेत गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?