चेक बाउन्सको मुद्दामा जनमत सांसद सुमनविरुद्ध पक्राउ पुर्जी जारी

लोकपथ
2k
Shares

दाङ । लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।  पर्सा जिल्ला अदालतले उनलाई फरार देखाउँदै जेठ १६ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतको आदेशअनुसार पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरी कार्यालयलाई पत्राचार गरी सांसद रायमाझीलाई पक्राउ गरी बुझाइदिन निर्देशन दिएको छ । तर पत्र हालसम्म बर्दिया प्रहरी कार्यालयमा नपुगेको जनाइएको छ ।

रायमाझीविरुद्ध पर्सा जिल्लाकी आशा कुमारी चौहानले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । चौहानका अनुसार सांसद रायमाझीले साढे पाँच लाख रुपैयाँ सापटी लिई चेक दिएकी थिइन् । तर चेक साट्न जाँदा रकम नभएर चेक बाउन्स भएको थियो । 

प्रदेशसभा सदस्य भएकी रायमाझी आफैँ पार्टीकै नेतृ आशा कुमारीसँग सो रकम सापटी लिएको जनाइएको छ । हाल उनी फरार रहेको अदालतको अभिलेखमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?