एसिसी यु–१६ क्रिकेट: नेपाललाई सिङ्गापुरले जितका लागि १३९ रनको लक्ष्य

लोकपथ
1.2k
Shares

काठमाडौं । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनायो।

सिङ्गापुरका कप्तान रियन नायकले ५३ रनको सर्वाधिक योगदान दिएका थिए। ओपनर आहान भुधानभामले ३८ रन बनाए भने अर्का ओपनर रोशन अरुनले ११ रनमा आउट भए।

नेपालका लागि कप्तान विपिन शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका छन्। त्यस्तै, सचिन भट्टले ३ विकेट तथा शुभम खनाल र अभय यादवले समान १/१ विकेट लिए।

एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक तालिकाअनुसार आयोजना गरिएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। नेपाल समूह ‘ए’मा रहेको छ, जहाँ सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान रहेका छन्।

त्यस्तै, समूह ‘बी’मा आयोजक मलेसियासँगै हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

हाल नेपाल जवाफी ब्याटिङमा उत्रिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?