त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा पनि नेपाल पराजित

लोकपथ
770
Shares

काठमाडौं । नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित भएको छ।

शुक्रबार ग्लास्गोमा स्कटल्यान्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १५९ रनमै समेटियो।

सिरिजमा नेपालले २ जित र २ हारको नतिजा निकाल्दै रनरेटका आधारमा दोस्रो स्थानमा रह्यो। समान ४ अंक भए पनि स्कटल्यान्ड पहिलो र नेदरल्यान्ड्स तेस्रो स्थानमा रहे।

अन्तिम खेलमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सीले ३९ बलमा ७८ रनको उत्कृष्ट पारी खेले। नेपालका लागि रुपेश सिंहले सर्वाधिक ४३ रन बनाए। कप्तान रोहित पौडेलले २७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन जोडे।

नेपालका बलरमध्ये कुशल भुर्तेलले २ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?