सरकारले सदनलाई हेप्यो : प्रमुख सचेतक पाण्डे

लोकपथ
238
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाएका छन् । 

प्रतिनिधि सभाको बैठकमा विनियोजित शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएसँगै उनले सरकारले सदनलाई हेपेको आरोप लगाएका हुन् । 

उनले कार्यसूची आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाए । उनले सदनमा आन्दोलन भएको लामो समय भए पनि सरकार बेखबर रहेको बताए । उनले सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने ? भन्दै प्रश्न गरे । 

उनले भने, ‘सरकारले यो सदनलाई यत्ति हेपेको छ । यसको बयान गरी साध्य छैन । बारम्बार हामीलाई कार्यसूची आउँछ । फेरि कार्यसूची हटाइन्छ । कारण सोध्दा मन्त्रीको उपस्थिति छैन । सदनमा आन्दोलन भएको यत्रो समय भयो । त्यसको जबाफदेही पनि छैन । सम्माननीय प्रधानमन्त्री ज्यु यहाँ उपस्थित हुनुभयो । आजको कार्यसूचीमा पनि मन्त्रीहरू सबै उपस्थित हुनुहुन्न । यो विषयवस्तु संसद्ले नै हेर्नुपर्ने विषयवस्तु हो । मन्त्रीहरूको उपस्थिति बेगर आज हुने छलफल अघि बढाइनु हुँदैन । यो हाम्रो नियमावलीको ठाडो उल्लंघन हो । नियमावली हामीले पालन गर्नुपर्ने, सरकारले पालन गर्नु नपर्ने । कहाँसम्मको अन्याय हो यो ।’

उनले बजेटको किताब नआउँदा खर्च कटौतीको प्रस्ताव दिन नपाएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?