काठमाडौं । बुधबार नेप्से १.०७ अंकले घटेर २६५३ अंकमा झरेको छ । कारोबार रकम भने १८ प्रतिशतले बढ्दै ९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
आज ८८ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो । समूहगत सूचकमा हाइड्रोपावर, जीवन बीमा, उत्पादन र अन्य समूह बढे भने बैंकिङ, विकास बैंक, होटल, फाइनान्स, माइक्रोफाइनान्स र निर्जीवन बीमा घटे ।
पियोर इनर्जी र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशतले उकालो लाग्दा कर्पोरेट डेभलपमेन्ट बैंक १० प्रतिशतले ओरालो लाग्यो ।
धेरै कारोबार भएका कम्पनीमा सानिमा माइ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, बुटवल पावर, ङादी ग्रुप र युनियन हाइड्रोपावर परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया