ओली, देउवा र प्रचण्डबीच आज बैठक, प्रतिनिधिसभाको बैठकमा जारी अवरोध पनि एजेन्डा

लोकपथ
1.6k
Shares

काठमाडौं । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूबीच आज छलफल हुने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच आज बुधबार दिउँसो ३ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा प्रतिनिधिसभाको बैठकमा जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?