आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
1.1k
Shares

काठमाडौं ।  गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मंगलबारको तुलनामा सुन तोलामा ९०० र चाँदी ६५ ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी  दुई हजार २२५ मा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?