काठमाडौं । ‘जेसीआई प्यासिफिक कन्फेरेन्स–२०२५’ मंगोलियामा सम्पन्न भएको छ ।
कार्यक्रममा जेसी आई इमाडोल वर्ष २०२५ की अध्यक्ष जेसी सिर्जना श्रेष्ठलाई “JCI Star Local President” तथा उपाध्यक्ष जेसी राजीव श्रेष्ठ र जेसी शिव देवकोटा “JCI Star Local Members” बाट सम्मान गरिएको छ ।
एशिया-प्रशान्त क्षेत्रका विभिन्न देशहरूबाट आएका प्रतिनिधिहरूको उपस्थिति रहेको यस सम्मेलनमा इमाडोल जेसीजका यी तीन प्रदाधिकारिहरूलाई नेतृत्व क्षमता, कार्यक्रमको प्रभावकारिता, सामाजिक परिवर्तनमा योगदान तथा जेसीजका चार मूल स्तम्भहरू व्यक्तित्व विकास, समुदायमा सेवा, व्यवसाय प्रवद्र्धन, र अन्तर्राष्ट्रिय समन्वयमा देखाएको उत्कृष्ट कार्यको मूल्यांकनका आधारमा सम्मानित गरिएको हो ।

साथै गत जेठ १६ र १७ गते जेसी आई थानकोटको अतिथ्यतामा सम्पन्न नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलनमा पनि जेसीआइ इमाडोल क्षेत्र ‘ग’ का “Best Multi Chapter Event” बाट पुरस्कृत भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया