फेवा तालको छालमा परेकाको यसरी गर्‍यो सशस्त्र प्रहरीले उद्धार 

लोकपथ
973
Shares

काठमाडौं ।  कास्की जिल्लाको पोखर महानगरपालिका–६ लेकसाईड स्थित फेवातालमा अचानक आएको हावाहुरीका कारण छालमा फसेका २ जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

आज (शनिबार) काठको डुंगामा बोटिङ्ग गरी रहेको अवस्थामा छालका कारण  अलपत्र परेका कास्की जिल्लाअन्नपुर्ण गाउँपालिका–३ बस्ने वर्ष ४८ को लक्ष्मण गुरुङ र वर्ष ४८ को विजय गुरुङको सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्की बाट  फेवाताल  रेस्क्यू टावरमा खटिएको विपद् व्यवस्थापन  टोलीले मोटर बोटको सहयोगमा उद्धार गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए  । 

हावा हुरीको मौसम भएकोले विशेष गरी साँझको समयमा बोटिङ गर्दा सावधानी अपनाउन सशस्त्र प्रहरी बलले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?