काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत् प्राधिकरणको आर्थिक विवरण जानकारी गराउन आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो आग्रह गरेका हुन् । प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकहरुले जानकारी गराएको खर्च र आम्दानीको विवरणले आम जनतामा अन्यौलता सिर्जना गरेको बताए ।
उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडियामार्फत जानकारी गराउनु भएका प्राधिकरणको आम्दानी र खर्चको विवरणले आम जनतामा अन्यौल सिर्जना गरेको छ ।’
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण १३ अर्ब ६१ करोड रुपैयाँ नाफामा रहेको दाबी गरेको थियो । प्राधिकरणलाई नाफामा देखाउँदै घिसिङले सर्वसाधारणमा आईपीओ जारी गर्ने उद्घोष समेत गरेका थिए । तर प्राधिकरणका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्दै प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरे । उनकाअनुसार प्राधिकरण अहिले पनि ५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया