निजी स्कुल रहेन भने हाम्रो शिक्षा प्रणाली ध्वस्त हुन्छ : महन्थ ठाकुर

लोकपथ
6.1k
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरुले शिक्षकहरुको आन्दोलनको सबै दोष सरकारलाई लगाएर उम्किन नमिल्ने बताएका छन् ।

लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले शिक्षकहरु सडक आन्दोलनमा रहेको भन्दै यसको दोष सबै सरकारलाई लगाएर आफू उम्किन नमिल्ने बताए ।

यसको जिम्मेवारी सरकारको नेतृत्व गर्ने सबै नेताहरुले लिनुपर्ने उनको भनाइ छ ।

सरकारमाथि दोष थुपार्ने नभइ सरकारको आलोचना गर्न सकिने बताए । उनले निजी क्षेत्रका विद्यालय नभए नेपालको शिक्षाको स्थिति कस्तो हुन्छ भन्दै प्रश्न गरे । उनले सामुदायिक विद्यालयको बलमा सबैलाई शिक्षित गर्नसक्ने अवस्था नरहेको जिकिर गरे ।

नेपालमा पानी र स्वास्थ्यको समस्या पनि त्यत्तिकै रहेको बताए।

उनले भने, ‘सरकारलाई दोष दिएर मात्रै हुँदैन । सरकारमाथि हामी आलोचना गर्नसक्छौँ । तर निजी स्कुल रहेन भने के हुन्छ हाम्रो यो शिक्षाको अवस्था ? सामुदायिक स्कुलको बलमा सबैलाई शिक्षित गर्नसक्छौँ ? सक्दैनौँ । पानीको समस्या छ । निजी क्षेत्रबाट पानी ट्याङ्करले नल्याउने हो भने पानीको समस्या कति ठूलो छ । हामीसँग पिउने पानीको समस्या पनि त्यत्तिकै छ । स्वास्थ्य समस्या पनि छ । मानिस स्वस्थ रहेमात्रै, शिक्षित रहे मात्रै आफ्नो खुट्टामा उभिनसक्छ । भविष्य निर्माण गर्दछ । अशिक्षित छ, अस्वस्थ छ भने उसले श्रम गर्न सक्दैन ।’

अध्यक्ष ठाकुरले सबै मिलेर काम गरेमात्रै देश बन्नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?