१६ जना प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

लोकपथ
7.4k
Shares

काठमाडौं । दुई महिनादेखि गैरहाजिर भएका १६ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन निर्देशन दिएको छ । कार्यालयले बुधबार एक सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका प्रहरीहरुलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सूचनामा भनिएको छ, ‘नेपाल प्रहरी सेवा नियमावली, २०७१ को नियम ५५ को उपनियम (१) को खण्ड (घ) बमोजिम हाजिर हुन ३० दिनको अन्तिम अवसर दिइएको छ। यस अवधिभित्र हाजिर नभएमा सेवा नियमावली बमोजिम सेवाबाट हटाइएको ठहर गरिनेछ।’

सूचनामा उल्लेखित प्रहरी कर्मचारीहरूमा प्रहरी नायव निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन् ।

सम्पर्कविहीन प्रहरी कर्मचारीहरू
प्रमुख नामहरूमा प्रहरी नायव निरीक्षक (प्र.ना.नि.) श्याम बहादुर थापा, सुरेश कुमाल, मनोज चौधरी, अमित लामिछाने, देवेन्द्र सिंह महरा, नवराज सिंह, लक्ष्मण राई, कृष्ण बहादुर तामाङ लगायत छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार यो सूचना अन्तिम जानकारीको रुपमा प्रकाशित गरिएको हो र तिनीहरूले ३० दिनभित्र हाजिर नभएमा उनीहरूको सेवा स्वतः समाप्त मानिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?