आर्थिक शिथिलता पार लगाउन निजी क्षेत्रको मार्गचित्र मान्न सरकार तयार छ : उद्योगमन्त्री

लोकपथ
224
Shares
फाइल तस्बिर

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार व्यवसायी फस्टाउने गरी सहुलियत दिने नीति निर्माण गर्ने तयारीमा लागेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुँजी बजारलाई गतिशिल बनाउन नीतिमा भएका समस्या समाधान गर्न सरकार लागेको बताए ।

निजी क्षेत्रले स्वदेशी कृषि उत्पादनलाई वृद्धि गरी निर्यात गर्ने अवसर आएको भन्दै उनले अहिलेको सरकार निजी क्षेत्रमैत्री भएको दाबी गरे । नेपालको आर्थिक शिथिलतालाई पार लगाउन निजी क्षेत्रका व्यवसायीले तयार पारेको मार्गचित्र मान्न सरकार तयार रहेको उनको भनाइ छ ।

उनले व्यवसायीको मागअनुसार आयात निर्यात तथा तेस्रो देशमा निर्यात गर्दा लगाइएको शुल्कबारे सरकारले पुनरावलोकन गर्ने बताए । नेपालमा भएका रैथाने कृषि वस्तुको ब्राण्डिङ र लेवलिङ गरेर निर्यात गर्न सके देश धनी हुने उनको भनाइ छ ।

मन्त्री भण्डारीले गाउँका खेतीयोग्य जमिन बाँझो भएकाले व्यवसायीले लगानी गरी रैथाने बालीको प्रवद्र्धन गर्नुपर्ने बताए । रैथाने कृषि उपजको उत्पादन वृद्धि गरी विश्व बजारमा निर्यात गर्ने अहिले उपयुक्त अवसर भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?