शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इन्जिन हुन् : परराष्ट्रमन्त्री राणा

लोकपथ
133
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इन्जिन भएको बताएकी छन् । सोमबारदेखि बैंककमा सुरु भएको संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रको सम्बोधनमा उनले यस्तो बताएकी हुन् । 

एशिया तथा प्रशान्त क्षेत्रले अव्यवस्थति शहरीकरणको ठूलो समस्या भोगिरहेको बताइन् । उनले योजनाविहीन शहरीकरणले धेरै समस्याहरू निम्त्याइरहेको उल्लेख गर्दै राम्रोसँग योजनाबद्ध शहरी विकास गर्नुपर्नेमा जोड दिइन् । मन्त्री डा.राणाले वातावरणमैत्री र दिगो शहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित शहरहरूमा लगानी वृद्धि गर्नुपर्ने बताइन् । 

एशिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम र सीमा, दिगो पूर्वाधारका क्षेत्रमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, ‘डिजिटल डिभाइड’जस्ता समस्या देखिएको उनको भनाइ छ । 

परराष्ट्रमन्त्री राणाले वर्तमान अवस्थाको समाधान, भोलिको पुस्ताको भविष्य एवं समग्र पृथ्वीकै सुरक्षालाई सुनिश्चित गर्न नेपालले पनि यस क्षेत्रमा कदम चालिरहेको बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?