काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी ३.०) को कार्य योजनालाई सबैको साझा बनाउने गरी तयारी गरिरहेको बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसद्वारा सोमबार काठमाडौंमा आयोजित जलवायु परिवर्तन, न्यायोचित रूपान्तरण, एनडीसी ३.० सम्बन्धी नीति संवादमा उनले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै जाने विषयमा सरकार गम्भीर रहेको बताए ।
उनले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने महत्त्वपूर्ण लक्ष्य रहेको बताउँदै त्यसबाट हुनसक्ने असरप्रति सरकार संवेदनशील भएको बताए । उनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण र कार्बन उत्सर्जनलाई शून्यमा झार्ने प्रक्रियाको तयारी गर्दै जाँदा श्रमिक वर्गलाई पर्न सक्ने रोजगारीको जोखिमप्रति सबै क्षेत्रले ध्यान दिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया