काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले राजतन्त्र पुनस्थापनाको आन्दोलन अब थप सशक्त बन्ने बताएका छन् ।
राजसंस्था पुनस्थापनका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक समेत रहेका राणाले सो समितिका प्रवक्ता स्वागत नेपालसँग सो कुरा बताएका हुन् ।
आज राणासँग भेटको तस्बिर सार्वजनिक गर्दै प्रवक्ता नेपालले राणाले सो सन्देश सुनाइदिन आग्रह गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
‘साथीहरु उत्साह कायम राख्नुहोला भन्दै हुनुहुन्छ राजसंस्था पुनर्थापनाका लागि संयुक्त जन आन्दोलन परिचालन समितिका संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री माननीय सांसद डा. धवल शम्शेर राणा ः आन्दोलन सुरु त अब हुनेछ, अझ सशक्त बन्नेछ… उहाँको स्वास्थ्य उपचार पनि यसैवीच हुनेछ…आजको भेटमा सबैलाई यही सन्देश सुनाइदिनु भन्नु भएको छ,’ उनले भनेका छन् ।
तीनकुने घटनामा पक्राउ परेका राणा आइतबार साँझ छुटेका छन् । क्यान्सर रोगसँग जुधिरहेका राणालाई थप उपचारका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले छाडेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया