काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवरशमशेर राणा थप उपचारका लागि भारत जाने भएका छन् ।
चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनापछि पक्राउ परेका राणा आइतबार साँझ हाजिरीमा छुटेका थिए । क्यान्सरसँग जुधिरहेका राणालाई थप उपचारका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार साँझ छाडेको थियो ।
राणा आगामी बुधबार थप उपचारका लागि भारत जाने तयारी रहेको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले लोकपथलाई जानकारी दिए ।
राजतन्त्र पुनस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक समेत रहेका राणा तीनकुने घटनापछि सोही दिन प्रहरीले पक्राउ गरेको थियो ।
उनीसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायत अन्य नेताहरु समेत पक्राउ परेका थिए । मिश्रसहित अन्य नेताहरुमाथि अनुसन्धान भइरहँदा उपचारका लागि राणालाई छाडिएको थियो । क्यान्सर सर्भाइबर रहेका राणा पूर्ण निको नभएका कारण थप उपचारका लागि भारत जान लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया