राजावादी आन्दोलन धर्मराएपछि कमल थापाले भने– ‘अब त मिलौ न’

लोकपथ
1.8k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दामा सबै शक्तिहरु एक ठाउँमा उभिएर निर्णायक आन्दोलन गर्न आह्वान गरेका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले अहिले राजतन्त्रको पक्षमा जनलहर देखिएको दाबी गर्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

शुक्रबार बिहान सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् ।

त्यसो त पछिल्ला दिनहरुमा राजावादी आन्दोलन धर्मराउनुमा राजावादी शक्तिहरु एक हुन नसक्नु रहेको उनको दाबी रहेको छ । साथै नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन परिचालन समितिबारे असन्तुष्टिहरु देखिएको भन्दै आफूहरुको मुद्दा एकै भएमा जुन व्यक्तिले नेतृत्व गरे पनि आन्दोलनलाई अघि बढाउनु महत्वपूर्ण कुरा रहेको बताए । साथै पछिल्ला दिनहरुमा राजावादी दल राप्रपा र अन्य राजावादी शक्तिहरु भिन्दाभिन्दै आन्दोलन गर्नुमा विदेशी शक्तिहरुको हात रहेको समेत आशंका व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘यदी हामी हिन्दू राष्ट्र र राजसंस्थाप्रति इमान्दार छौँ भने जुनसुकै व्यक्तिले नेतृत्व लिएता पनि त्यसमा सबै सहभागि भएर सफल बनाउनको निमित्त प्रयास गर्नु हाम्रो कर्तव्य हो । तर अहिले फेरि आएर केही राजनीतिक दलल र समूहहरुले एक्काएक्लै आन्दोलन गर्ने जुन निर्णयहरु हुन थालेको छ त्यो कतै देशी विदेशी शक्तिहरुले प्रभावित पो गरिराखेको छ कि !’

त्यस्तै गणतन्त्र स्थापनापछि राजतन्त्रको पुनस्थापनाका लागि पहिलोपटक संयुक्त जनआन्दोलन परिचालन समिति गठन भएको बताउँदै त्यसलाई धमिल्याउने प्रयास समेत भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?