काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ ।
बनस्थलीस्थित घण्टीघरमा जारी बैठकमा समसायिक विषयमाथि केन्द्रित रहेर छलफल जारी रहेको छ ।
आजको बैठकमा पार्टी सहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा बुझाउने तयारी रहेको छ । तर बैठकमा सुमना भने ढिला गरी पुगेकी छन् ।
बैठक जारी रहँदा सुमना ढिला गरी पुगेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले लोकपथलाई जानकारी दिए ।
श्रेष्ठले एक व्यक्ति एक पदको अवधारणा अनुसार सहमहामन्त्रीबाट राजीनामा दिन लागेको जनाएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया