सुमना श्रेष्ठद्वारा रास्वपा सहमहामन्त्री पदबाट राजीनामा, आज बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने

लोकपथ
30.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सह–महामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेकी उनले पार्टीमा एक व्यक्ति एक पदको नीति माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने भन्दै सह–महामन्त्री पदबाट राजीनामा दिएको स्रोतको दाबी छ । 

आफू संसदमा केन्द्रित रहनुपर्ने भएकाले पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उनको धारणा रहेको स्रोतको भनाइ छ ।

समाचार स्रोतका अनुसार रवि लामिछाने पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिन उनले राजीनामा बुझाएकी हुन् । तर उनले  राजीनामाका सम्बन्धमा हालसम्म कुनै पनि धारणा सार्वजनिक गरेकी छैनन् । उनले केन्द्रीय समिति बैठकमा नै आफ्ना कुरा राख्ने बताएको स्रोतको भनाइ छ । 

रास्वपाको केन्द्रीय समिति बैठक आज बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय चःमतीमा बस्दै छ । 

अध्यक्ष लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्रको विवाद थप चर्किएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?