काठमाडौं । गृह मन्त्रालयले बुधबार सात जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १३ जनाको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले बुधबार सहसचिव र उपसचिव गरी १३ जनाको सरुवा गरेका हुन् ।
सरुवा सूचीअनुसार सीडीओहरु सुर्खेतका शंकरहरि आचार्य, नवलपरासीपूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, कपिलवस्तुका शिवप्रसाद अधिकारी, अछामका शिवप्रसाद लम्साल र पर्वतका केदारनाथ शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तु, जगदीश्वर उपाध्यायलाई सुर्खेत, भविश्वर पाण्डेलाई नवलपरासी पूर्व, कुमानसिंह गुरुङलाई बागलुङ, प्रेमप्रसाद लुइँटेललाई उदयपुर र आनन्द सारूलाई अछामको सिडिओको जिम्मेवारी दिएर पठाइएको छ ।
सिडिओको जिम्मेवारी पाउने अधिकांश सहसचिव भर्खरै बढुवा भएकाहरू हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया