धनगढी । कैलालीको नेपाल विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। धनगढी वितरण केन्द्रअन्तर्गत अत्तरिया शाखामा कार्यरत सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले २० वर्षीय प्रविन शाहीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार शाहीलाई सोमबार गोदावरी नगरपालिकाको गेटा क्षेत्रबाट पक्राउ गरिएको हो ।
२२ फागुनमा अत्तरिया शाखाको कार्यालय परिसरमै चौधरीमाथि खुकुरी प्रहार भएको थियो । घटनापछि शाहीसहित केही व्यक्तिहरूविरुद्ध इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दर्ता गरिएको थियो । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका चौधरीको हाल काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया