नाफामा एमाले : झण्डै ७ करोड बचत, सदस्यता शुल्कबाटै उठायो ११ करोड

लोकपथ
560
Shares

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको र हाल प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेकपा एमाले नाफा कमाउने दल बनेको छ ।

आर्थिक वर्ष ०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार एमालेले एक वर्षमा १४ करोड ७९ लाख ५ हजार ८ सय ९ रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै एक वर्षमा विभिन्न प्रयोजनका लागि एमालेले ७ करोड ८५ लाख ३८ हजार ३ सय रुपैयाँ खर्च गरेको छ । खर्च भन्दा आम्दानी झण्डै दोब्बर गरेको एमालेको एक वर्षको आम्दानी ६ करोड ९३ लाख ६७ हजार ८ सय ६ रुपैयाँ बराबर बचत गरेको छ । त्यसो त अघिल्लो वर्ष निर्वाचन आयोगलाई बुझाएको तथ्यांक अनुसार सो वर्ष एमालेले ८ करोड, ९७ लाख २२ हजार ६५ रुपैयाँ आम्दानी गरेको थियो भने ११ करोड ६० लाख ७ हजार ५८ रुपैयाँ खर्च गरेको थियो ।

एमालेको यस वर्ष सदस्यता शुल्कवापत सबैभन्दा बढी आम्दानी गरेको छ । जस अन्तर्गत एमालेले ११ करोड ५४ लाख ३० हजार ४ सय ३७ रुपैयाँ आम्दानी गरेको देखिन्छ । त्यसो त पार्टी सदस्यहरुबाट लेबीवापत १ करोड ५२ लाख ६१ हजार ९ सय ५९ उठाएको छ ।

यता खर्चतर्फ भने सबैभन्दा अधिवेशन तथा विशेष खर्च गरेको छ । जहाँ एक करोड ६१ लाख १२ हजार ९ सय २३ रुपैयाँ खर्च गरेको छ भने कर्मचारीको पारिश्रमिक तथा कार्यकर्ताका लागि ७१ लाख ८२ हजार ६ सय ५२ रुपैयाँ खर्च गरेको छ ।

प्रत्येक राजनीतिक दलले लेखा परीक्षण गरी त्यसको प्रतिवेदन निर्वाचन आयोगमा बुझाउनुपर्ने प्रावधान रहेको छ । हालसम्म ८८ वटा राजनीतिक दलले निर्वाचन आयोगमा एक लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् ।

त्यसमध्ये सबैभन्दा बढी बचत गर्ने दल एमाले बनेको छ । यता सबैभन्दा ठूलो दल नेपाली कांग्रेस घाटामा छ ।

(निर्वाचन आयोगमा बुझाएको लेखापरीक्षण प्रतिवेदनका आधारमा)

यो पनि

कांग्रेस २ करोड ३२ लाख घाटामा, यस्तो छ आयव्ययको विवरण (पूर्णपाठ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?