काठमाडौं । काठमाडौंबाट रामेछाप जाँदै गरेको बस बीपी राजमार्गअन्तर्गतको धुलिखेल खण्डमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धुलिखेल नगरपालिका– १० सारादा बतासेमा बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको बस आज बिहान ८ ः २० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा बसमा सवार २४ जनामध्ये बस चालक र सह–चालकसहित १७ जना घाइते भएको अस्थायी ट्राफिक प्रहरी पोस्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिए ।
घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको छ ।
सो बस रामेछापको धोबी, ढाँडे हुँदै ओखलढुंगाको पोकली लागि गुडेको प्रहरीले जनाएको छ ।
बस घटनास्थलमै रहेकोले बाटो एकतर्फी मात्र सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया